दफा ८२
तारिख किताब र तारिख भरपाई
(१) अदालतले अनुसूची–३३ बमोजिमको ढाँचामा एउटा वा आवश्यकता अनुसार मुद्दाको प्रत्येक फाँटको लागि छुट्टा छुट्टै तारिख किताब खडा गरी राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम खडा गरिएको तारिख किताबमा कुन प्रयोजनको लागि कहिलेको तारिख तोकिएको हो त्यस्तो व्यहोरा जनाई सम्बन्धित कर्मचारीले सहीछाप गर्नु पर्नेछ र मुद्दामा उपस्थित पक्षहरुको सहीछाप गराई अनुसूची–३४ बमोजिमको तारिख भरपाई खडा गरी मिसिल सामेल राख्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम तोकिएको तारिखका दिन कुनै पक्ष अदालतमा उपस्थित नभएमा सम्बन्धित कर्मचारीले त्यस्तो कुरा तारिख भरपाईमा जनाई सहीछाप गर्नु पर्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वादी भएको मुद्दामा नेपाल सरकार तारिखमा बस्नु पर्ने छैन ।